काठमाडौं । दलितका लागि दलित अभियान, नेपाल नामको संस्थाले दोस्रो चरणको आन्दोलन घोषणाको लागि विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
सो संस्थाले माघ ८ गते मंगलबार रिपोर्टस् क्लब भृकुटीमण्डपमा सो कार्यक्रम गर्न लागेको हो । सो संस्थाका संयोजक खग्रेन्द्र सुनारले यो कुराको जानकारी दिएका हुन् । सरकारले यस अघि गरेको बाचा पुरा नगरेकोले आफुहरुले दोस्रो चरणको आन्दोलन घोषणा गर्नु परेको सो संस्थाले जनाएको छ ।