माघ ८,काठमाडौं । अमेरिकाको राष्ट्रपतिका रूपमा शपथ लिएसँगै डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग हुने आदेश जारी गरेका छन् ।
यो आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका डब्लूएचओबाट अलग भएको छ । योसँगै अमेरिकाले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग पनि रोकिनेछ ।
आदेश जारी गर्दै ट्रम्पले भनेका छन्, ‘यो एउटा ठूलो निर्णय हो ।’ ट्रम्पले अन्य देशको तुलनामा डब्लूएचओका लागि अमेरिकाले अनुचित मूल्य चुकाउनु परेको टिप्पणी गरेका छन् ।
ट्रम्पले डब्लुएचओतर्फ इशारा गर्दै भनेका छन्, ‘अमेरिका जावस् भन्ने उनीहरूको धेरै इच्छा थियो । त्यसैले हामी पनि हेरौँ अब के हुन्छ ?’ यसलाई कतिपयले भने फेरि केही समयपछि डब्लूएचओमा फर्किने संकेतका रूपमा समेत अर्थ लगाएका छन् ।