बायाँ हाते अर्थात देब्रे हात बढी चलाउनेहरुलाई अचम्मको समस्या लाग्ने गर्दछ । हामीले दाहिने हातले गर्ने काम उनीहरुले देब्रे हातले कसरी गर्छन् भनेर अचम्भित हुन्छाौ । तर के तपाईलाईं थाहा छ ? देब्रे हातलाई प्रमुख रुपमा प्रयोग गर्नेहरुका केहि समस्याहरु छन् ।
१. पत्रपत्रिका पढ्दा त्यसको पाना पल्टाउनु पर्यो भने दायाँ तर्फबाट पल्टाउनु पर्ने हुन्छ । किनकी पढ्दै जादाँ पल्टाउने पर्ने पाना दायाँ हात तर्फ हुन्छ । तर बायाँ हातेहरुले पत्रिकाको पाना पल्टाउदाँ दायाँ हात प्रयोग गर्नुपर्ने हुन्छ । बायाँ हातले पाना पल्टाउदाँ दायाँ बायाँ क्रस हुन्छन् जसबाट पढ्दै गरेको कुराबाट ध्यान हट्न सक्छ ।
२. एटिएम मेसिन, वा कुनै पनि कार्ड स्वाइप गर्ने स्थानमा समेत दायाँ हाततर्फ मेसिन राखिएको हुन्छ । अझ प्रवेश तथा बाहिर निस्कने स्थानमा समेत टोकन लगाउने स्थान दायाँतर्फ हुन्छ । जसले गर्दा दायाँ हातले सहुलियत पाए पनि बायाँ हातेले भने समस्या भोग्नुपर्छ ।
३. संगित वाद्यवाद्यनमा बायाँ हातेले सबैभन्दा बढी समस्या भोग्नुपर्छ । अधिकाशं बाजागाजा दायाँ हातलाई लक्षित गरी बनाइएको हुन्छ । यस्ता वाद्यवाद्यन लेफ्ट ह्यान्डर्सले प्रयोग गर्न सक्दैनन् । जसका कारण बायाँ हातलाई ध्यानमा राखेर सोही बमोजिम बनाइएको वा बनाउन लगाएर मात्र वाद्यवाद्यन किन्नुपर्ने हुन्छ ।
४. अधिकाशं मानिस हात मिलाउदाा दायाँ हात एक आपसमा मिलाउने गर्दछन् । भेट्नासाथ सबैले दायाँ हात नै अघि बढाउने गर्छन् । तर यदि बायाँ हातेसंग भेट हुादा भने समस्या उत्पन्न हुन्छ । किनकी दायाँ र बायाँ हात एकआपसमा मिल्न गाह्रो हुन्छ ।
५. बायाँ हातेले कम्प्युटर माउसको प्रयोग गर्न समेत अप्ठ्यारो हुन्छ । उनीहरु माउसलाई बायाँतर्फ राख्छन् । माउसको प्रयोग शैलीसमेत दायाँ हाते भन्दा फरक हुन्छ । बायाँ हातले माउस प्रयोग गर्नेहरुले क्लिक गर्न चोर आालाको साटो माझी औंलाको प्रयोग गर्छन् ।