• फाल्गुन ३० २०८१, शुक्रबार

आज सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम

माघ ७ २०८१, सोमबार

७ माघ, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य   १०० रुपैयाँ घटेको जानकारी गराएको हो ।

आइतबार (हिजो)  छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।