५ माघ, काठमाडौँ । विश्वमा बढ्दै गएको आर्थिक असमानता र बढ्दो जलवायु परिवर्तनको लागि जिम्मेवार राष्ट्रहरूलाई शोधभर्ना गराउनु पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
‘असमानताको विरुद्ध रातो घेरा कोरौँ’ भन्ने मूल नाराको साथ विश्वभर एकै दिन आयोजना गरिएको असमानता विरुद्धको प्रदर्शन अन्तर्गत नै नेपालमा पनि यसको आयोजना गरिएको हो ।
रेड लाइन टु बिलिनियर्स, ट्याक्स रिच नट द वर्कर्स लगायतका नारा सहित दर्जनौँ मानिसहरू सडकमा निस्किएका थिए । विश्वमा बढ्दै गएको आर्थिक असमानता र बढ्दो जलवायु परिवर्तनको लागि जिम्मेवार राष्ट्रहरूलाई शोधभर्ना गराउनु पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।