• जेष्ठ २५ २०८२, शनिबार

दुर्गम जिल्ला हुम्लामा जटिल अवस्थाकी सुत्केरीको सफल शल्यक्रिया

माघ ५ २०८१, शनिबार

५ माघ, हुम्ला । जिल्ला अस्पताल हुम्लामा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया भएको छ । स्रोत साधन अभावमा पनि जटिल सुत्केरीको शल्यक्रिया भएको हो ।

दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले जानकारी दिए ।

सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी २२ वर्षकी आशा परियारको जटिल शल्यक्रिया गरिएको हो । आर्थिक रूपमा कमजोर भएकी परियारलाई ब्लडको समस्या थियो । ‘शल्यक्रिया गर्न नेपालगन्ज, सुर्खेत जानुपर्न भएको भए लाखौं रकम खर्च हुन्थ्यो,’ सुत्केरी परियारले भनिन् ।

पुस २९ गते अस्पतालमा भर्ना भएको थिए यतै शल्यक्रिया भयो परियारले बताइन् । परियारले जुम्ल्याहा दुई छोरी जन्माएकी छन् । जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता थियो ।