• जेष्ठ २६ २०८२, आईतवार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने दोलखाका ललित केसी पक्राउ

माघ ४ २०८१, शुक्रबार

काठमाडौं । सहकारी पीडितको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने एकजनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्लाको तामाकोशी गाँउपालिका वडा नं. १ स्थायी ठेगाना भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने वर्ष ४८ काललित कुमार केसी रहेका छन् ।

मिति २०८१–१०–०२ गते अन्दाजी १५ः४५ बजेको समयमा काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरुको भिड रहेको अवस्थामा वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठी अदालतको दक्षिण गेट अगाडीको सडकखण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिहरुले हुल हुज्जत गरी आक्रमण गर्न खोजेकोमा तत्काल प्रहरी परिचालित भई वरिष्ठ अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखि आक्रमण गर्ने व्यक्तिहरु मध्येका ललित कुमार केसीलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजतलास कार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।