• जेष्ठ २६ २०८२, आईतवार

अहिलेको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको हो : प्रचण्ड

माघ ४ २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको दोहोर्‍याए ।

‘पहिलो र दोस्रो दल संसद्का मिलेर त्यस किसिमले गठबन्धन बनाए दिनदेखि नै देशमा राजनीतिक दुर्घटनाको खतरा बढेकै छ,’ प्रचण्डले भने, ‘गएको ६ महिना सरकारका क्रियाकलापले पनि राजनीतिक दुर्घटनातिर गएकै छ ।

शुक्रबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले तुरुन्तै सदन बोलाउन आग्रह गर्दै उनले अध्यादेश फिर्ता लिन पनि जरुरी रहेको बताए ।
यो अध्यादेश फिर्ता लिन जरुरी नै छ । दुई तिहाइको सरकार छ भन्नेले त सदनकै प्रक्रियाबाट गए भइहाल्यो नि । फेरि कुबाटो किन हिँड्नुपर्यो ।