‘हाम्रो आँखामा सामान्य अवस्थामा पनि आँशुहरु बनिरहेको हुन्छ’। यस्तो आँशु आँखामा रहेको सानो प्वाँलबाट ‘ल्याक्रिमल डक्ट’बाट नाक हुँदै घाँटीमा जान्छ।
यदि कुनै कारण उक्त नली बन्द भएमा व्यक्तिमा आँशु झरिरहने समस्या देखापर्छ’, डा. श्रेष्ठले भने कुनै व्यक्तिमा भने केहि समयपछि बन्द नलीहरु स्वतः खुल्ने डा. श्रेष्ठले बताए।
उक्त कारणबाहेक आँशु बग्नुका अन्य धेरै कारण हुन्छन्। ल्याक्रिमल डक्टको गडबढी भएमा, आँखाको प्वाल र नलीहरु राम्ररी विकसित नभएमा, धुलो र धुँवाका कारण, चिसोका कारण आँखाको एलर्जी तथा संक्रमण, आँखाको घाउ वा इन्फेक्सन भएमा आँशु बगिरहन्छ।
परेलाको रौं आँखा भित्र पसेमा, आँखा सुख्खा हुँदा, बढ्दो उमेर अवस्था, परेलाको डिलभित्रपट्टी फर्कनु ९इन्ट्रोपियन० आँखामा चोटपटक लागेमा ९इक्रोप्टिन० पनि निरन्तर आँशु झरिरहने डा। श्रेष्ठले जानकारी दिए।
भर्खरै जन्मेका शिशुहरुमा पनि ‘पङ्गटम’ विकास नहुँदा आँशु बगिरहने समस्या देखापर्छ।