काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग सामूहिक छलफल गर्दै छन्।
सभापति देउवाले पार्टीबाट सरकारमा गएकाहरुलाई अहिले केहीबेरमा बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्। पार्टीका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न सभापति देउवाले उनीहरूलाई बोलाएको उनका स्वकीय सचिव भानु देउवाले बताए।
सरकारमा कांग्रेसतर्फबाट १० जना मन्त्री र दुई राज्यमन्त्री छन्। उनीहरूको कामका विषयमा गुनासो बढेपछि सभापति देउवाले छलफलका लागि बोलाएका हुन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक र सचेतकलाई पनि बोालइएको छ।