• माघ २ २०८१, बुधबार

मकवानपुरमा १ सय ११ किलो गाँजासहित एक जना पक्राउ

माघ २ २०८१, बुधबार

माघ २, काठमाडौं । मकवानपुर १ सय ११ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
हेटौँडा उपमहानगरपालिका–१५ बाट कैलाश गाउँपालिका–२, डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो १ सय ११ किलो गाँजासहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँचचौकीमा सवारीसाधन जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटहरूले छोपेर ल्याइएको गाँजासहित स्याङ्बोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्याङ्बोलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।