माघ २, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । आज एक औँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।
नेपाली बजारमा सुनमा प्रतितोला चार सयले वृद्धि भएको छ । आइतबार सुन प्रतितोला एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार आठ सय ३० निर्धारण भएको छ ।