कलेजोको क्यान्सरका धेरैजसो लक्षणहरू अन्य धेरै पेटसम्बन्धी समस्याहरूसँग मिल्दोजुल्दो हुन्छन्, जसका कारण मानिसहरूलाई पहिचान गर्न गाह्रो हुन्छ ।
पेटको समस्या र जण्डिसका अलावा कलेजोको यो गम्भीर रोगलाई अन्य केही लक्षणहरूमा ध्यान दिएर पनि पत्ता लगाउन सकिन्छ । जस्तै प्रयास बिना वजन कम हुनु, भोक नलाग्नु, बारम्बार कमजोरी हुनु, बारम्बार वान्ता हुनु वा हुन खोज्नु, कमजोरी र थकान हुनु आदि ।