साधारण खालको चाया भएमा नुहाउनुअघि तेल लगाउनुपर्छ । नुहाउनुभन्दा कम्तीमा ३० मिनेटदेखि एक घण्टा पहिला कपालमा तेल लगाउनुपर्छ ।
‘आफूलाई मन पर्ने तेल लगाउनुस् । तर विज्ञानले देखाएअनुसार नरिवल तेल सबैभन्दा राम्रो हुन्छ,’ उनले भने, ‘किनभने यसमा एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुण हुन्छ । त्यस्तै जैतुनको तेल ‘ओलिभ ओयल’ पनि राम्रो मानिन्छ ।
उनले नेपालमा सबैभन्दा बढी पाइने तोरीको तेल कपालको लागि प्राथमिकतामा नरहेको बताए । ‘पहिलो प्राथमिकतामा तोरीको तेल राख्दैनौँ । किनभने यसले कहिलेकाही उल्टो रियाक्सन गर्छ,’ उनले भने, ‘यो तेल लगाएर घाममा बसेमा छाला रातो भइदिन्छ ।’
अरू के–के गर्ने ?
-पानी प्रशस्त मात्रमा सेवन गर्नु पर्दछ ।
-कम्तीमा साताको तीन पटक नुहाउनु पर्छ ।
-स्याम्पु लगाउने बित्तिकै तुरुन्तै नुहाउनु हुँदैन । कम्तीमा पनि ५ मिनेट स्याम्पु -कपालमा राखेपछि मात्र नुहाउनुपर्छ ।
-नुहाइसकेपछि जिउमा पनि तेल वा लोसनको प्रयोग गर्नुपर्छ ।