• पुष २७ २०८१, शनिबार

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

पुष २७ २०८१, शनिबार

पुस २७, काठमाडौं । पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । आज ९शनिबार० बिहान ५ बजेर २७ मिनेट जाँदा लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३।६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रविन्दु लमजुङको खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाइ छ ।

यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

१९ गते मनाङ केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै, पुस २३ मा तिब्बतको दिंग्री केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको धक्का काठमाडौंमा पनि राम्रैसँग महसुस भएको थियो ।