• पुष २६ २०८१, शुक्रबार

कुटाकुट हुँदा घाइते भएका धादिङका रामबहादुर तामाङको उपचारको क्रममा ज्यान गयो

पुष २६ २०८१, शुक्रबार

काठमाडौँ । धादिङको खनियाबास गाउँपालिका–१ स्थित झार्लाङमा सामान्य विवादमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु भएको छ ।

पुस १४ मा कुटाकुट हुँदा घाइते भएका ४५ वर्षीय रामबहादुर तामाङले उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा ज्यान गुमाएका हुन् ।

उनको हत्यामा संलग्न आरोपमा प्रहरीले झार्लाङ घर भएका २४ वर्षीय नेशन तामाङलाई पक्राउ गरेको छ ।
उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी हमालले जानकारी दिए । सँगै बसेर मदिरा खाँदै गर्दा विवाद भएपछि दुई समूहबिच कुटाकुट भएको थियो ।

कुटपिटबाट घाइते रामबहादुरलाई उपचार गर्न धादिङबेशी हुँदै काठमाडौँ ल्याइएको हो । कुटपिटमा संलग्न अरु दुई जना फरार छन् ।