• पुष २६ २०८१, शुक्रबार

उर्जामन्त्रीलाई भन्न लगाएर भोलि नै पैसा तिर्ने सर्तमा कांग्रेस संसदीय दलको कार्यालयमा विजुली जोडियो

पुष २५ २०८१, बिहीबार

काठमाडौँ । पैसा नतिरेपछि काटिएको नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन पुनः जोडिएको छ । संघीय संसद सचिवालयले बत्तीको पैसा नतिरिदिएपछि आज बिहानैदेखि कांग्रेस संसदीय दलको कार्यकालको बत्तीको लाइन काटिएको थियो ।

बत्तीको पैसा तीन महिना अर्थात् ९० दिनसम्म नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काट्छ । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार करिब ६५ हजार रुपैयाँ तिर्न बाँकी छ ।

भोलिसम्म पैसा तिर्ने सर्तमा उर्जामन्त्रीलाई भन्न लगाएर काटिएको बिजुलीको लाइन जोडिएको एक कर्मचारीले जानकारी दिए । बिहान १० बजे काटिएको लाइन प्राधिकरणबाट १ः१५ बजे पुनः जडान गरिएको थियो ।