• पुष २४ २०८१, बुधबार

तरुल खानुका फाइदा

पुष २३ २०८१, मंगलवार

तरुल खानुका फाइदा यस्ता छन् ः

-तरुलमा फोलेट नामक तत्त्वका अतिरिक्त आइरनयुक्त मिनरल हुन्छ। यसले गर्भवतीमा भू्रणको विकास गर्न, हड्डी बलियो बनाउन र मर्निङ सिकनेसको समस्या रोक्न सजिलो हुन्छ।

-तरुलले महिनावारी हुने महिलालाई महिनावारी हुनु अगाडि र महिनावारीको समय सकिएपछिको समयमा सहयोग गर्छ। हर्मोनको सन्तुलन मिलाएर यस्ता समस्या तरुलले रोक्छ। भिटामिन बी सिक्सको मात्रा कायम गर्छ।

-तरुलमा प्रशस्त फाइबर हुन्छ। फाइबरले आन्द्रा सफा बनाउने मात्रै हैन, कब्जियतका समस्या पनि हुन दिँदैन।

-तरुलमा बेटा–कारोटेन नामक नामक तत्त्वले चाँडो बढ्न सहयोग गर्छ।रुलमा हुने पोटासियमको मात्राले स्मरणशक्ति बढाउँछ।

-तरुलमा पोटासियम, म्यागानिज र अन्य मिनरल हुन्छन्। यी कुराले रक्तकोशिकालाई स्वथ्य बनाउँछन। रक्तचाप सन्तुलन राख्न पनि तरुल खानु लाभदायी हुन्छ।

-तरुलमा आइरन र अन्य थुप्रै मिनरल हुन्छन्। यी तत्त्वले रातो रक्त कोशिका ९रेड ब्लड सेल० हरुको उत्पादन बढाउनछन। यसले रक्त अल्पताको समस्याबाट मुक्ति मिल्छ।

-तरुलमा पाइने भिटामिन ए, भिटामिन सी जस्ता तत्त्वले रत्तकोशिका र एन्टिअक्सिडेन्ट उत्पादन गर्दै शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छन्।

-तरुलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेडको मात्रा हुन्छ। फाइबरको मात्रा उस्तै धेरै हुन्छ। यसले शारीरिक शक्तिको विकास गर्छ।