• पुष २४ २०८१, बुधबार

मधेस प्रदेशका तत्कालीन सचिवसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुष २२ २०८१, सोमबार

२२ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दर्ता गरेको छ ।

मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७९/०८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशबाट सञ्चालित सहकार्य प्रस्तावमा गरेको माछा पालनामा भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

बैक ग्यारेन्टी बिना नै सम्झौता गरी आफैँले गरेको सम्झौता अनुसारको सम्पूर्ण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न प्रतिवेदन तयार गरी, लाभग्राही फार्मले अनुदानमा प्राप्त हुने मेशिनरी औजार तथा उपकरणहरू खरिद नै नगरी पहिला नै खरिद गरेको सामानहरूलाई अनुदान लिने उद्देश्य भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।

सरकारी कोषबाट एक करोड भुक्तानी दिएकोले खरिद तथा भुक्तानी प्रक्रियामा संलग्नहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुने मागदाबी विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको अभियोग पत्रमा उल्लेख छ ।