खुट्टा काप्नुका कारण
खुट्टाको मासंपेशी र जोर्नीलाई काम गर्न मस्तिष्कबाट विशेष तंरग प्राप्त हुन्छ । तर बस्दा वा सुत्दा यो तरंग स्वत रोकिने गर्छ । कुनै कारणवस आराम गर्दा समेत यो तरंग नरोकिए खुट्टामा निरन्तर कम्पन हुन थाल्छ । सामान्यतया, यो तरङ्गलाई ‘हर्मोन डोपामाइन’ नामक तत्वले नियन्त्रण गर्छ । मस्तिष्कमा यसको कमी भएमा तरङ्ग लगातार प्रवाह भइदिन्छ । र, खुट्टा काप्नुका साथै पिढुल्ला पोल्न थाल्छ ।
मधुमेह तथा मिर्गौलाका विरामीलाई पनि यो समस्या हुनसक्छ । गर्भावस्थामा केही महिलाहरुमा पनि यो समस्या देखिन सक्छ, जुन प्रसुती पश्चात्त स्वत कम हुने गर्छ । कयौ पटक आणुवंशिक कारणले पनि यो समस्या निम्त्याउन सक्छ । यद्यपी, आइरन र भिटामिन बी -१२ यसको प्रमुख कारण मानिन्छ ।
उपचार
-खानामा हरियो सागसब्जी, अण्डा, कुखुराको मासु तथा दूक्ष्धजन्य पदार्थलाई समावेश गर्ने ।
-अल्कोहल वा सिगरेटबाट टाढा रहने किनकी यसको अत्याधिक सेवनले मस्तिष्कमा डोपामाइनको कमी भई रेस्टलेस लेगको समस्या निम्तिन सक्छ ।
-यस्ता समस्यामा दुखाईबाट केही समयको लागि छुटकारा पाउन पैतालाको मालिस पनि प्रभावकारी मानिन्छ । तर यसले दीर्घकालीन रुपमा रोग निको हुँदैन ।
-यो समस्याबाट छुटकारा चिकित्सकका सल्लाह अनुसार औषधीउपचार गर्नुपर्छ ।
-डोपामाइन हर्मोनको स्तर बढाउने औषधीको सेवनले यो रोग कम हुनसक्छ ।