• पुष २३ २०८१, मंगलवार

हामी कांग्रेस-एमाले जस्तै भयौं, यस्तै हो भने स्थिति डामाडोल हुन्छ : प्रचण्ड

पुष २१ २०८१, आईतवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र अराजकता र गुटबन्दी बढेको भन्दै आक्रोश पोखेका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै प्रचण्डले पार्टीको वर्ग नै नामेट हुने ढंगले गतिविधि भइरहेको भन्दै आक्रोश पोखेका हुन् ।

‘हामी जुन बाटो हिँडिराखेका छौँ । त्यति राम्रो बाटो त हिँडिएन । पार्टी अराजकतातिर, गुटबन्दीतिर, व्यक्तिगत स्वार्थतिर केन्द्रीय हुँदै गएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘त्यो त राम्रो होइन । हामीले हाम्रो वर्ग र विरोधी वर्गको भेदलाई मेटाउने खालका कयौँ काम गरेका छौँ, त्यो गलत छ ।’

यस्तै उनले पार्टी दिनदिनै बिग्रिने बाटोमा गइरहेको समेत बैठकमा धारणा राखेको ती स्थायी कमिटी सदस्यको भनाइ छ । ‘हाम्रो र अरबौँ चलखेल गर्ने बिचौलिया र दलाल पुँजीपतिहरुको भेद बिस्तारै मेटिन खोजेजस्तो जनताले भन्न थालेका छन् । माओवादी पनि उस्तै कांग्रेसपनि उस्तै एमाले पनि उस्तै भन्याजस्तो देखिन जो गयो त्यहाँ हामी चुकेकै हो’, प्रचण्डको भनाइ थियो ।