• पुष २३ २०८१, मंगलवार

एन्जाइटीका लक्षण र रोगथामका उपाय

पुष २१ २०८१, आईतवार

एन्जाइटीका लक्षणहरु यस्ता छन् ः

  • कुनै अप्रिय घटना घट्ला भन्ने डर लाग्छ।
  • हात खुट्टा हल्लिन्छन्।
  • मुटु ढुकढुक हुन्छ।
  • टाउको दुख्छ।
  • अतालिन्छ।
  • छटपटि हुन्छ, मुख सुक्छ, पेटमा असजिलो महसुस हुन्छ।
  • पिसाब फेर्नु पर्ने, दिसा गर्न जानुपर्ने भइरहन्छ।
  • श्वास प्रश्वासमा अवरोध आउँछ।
  • नराम्रो सपना देखिन्छ, निन्द्रामा डराउने हुन्छ।

रोकथाम

एन्जाइटी भइसकेपछि यसको नियन्त्रणका लागि औषधि नै खानुपर्छ। व्यक्तिको पारिवारीक स्थिति राम्रो छ, उसलाई कुनै खालको तनाव छैन सानैदेखि राम्रो शिक्षा र वातावरण पाएको छ भने एन्जाइटीको खतरा कम हुन्छ। तर, आर्थिक अवस्थाले मात्रै यसको मापन हुने भने होइन।

एन्जाइटीको समस्या भएको व्यक्तिको ध्यान एकतृत हुँदैन जसले गर्दा ध्यान, योगा गर्न कठिन हुन्छ। यसको नियन्त्रण भइसकेपछि भने ध्यान योगा र शारीरिक व्यायम गर्नु राम्रो हो।

खानपानमा ध्यान दिनुपर्छ। एन्जाइटीको समस्या हुनेले चिया, कफी, चिसो पेय पदार्थको सेवन नगरकेा राम्रो। रक्सी चुरोट त लिनु हुँदैन। सुर्तिजन्य र रक्सीजन्य पदार्थको प्रयोग गर्नु हुँदैन। जसले एन्जाइटीको मात्रा बढाउँछ।

यस्ता रोगीलाई बढी तीतो, पिरो, गरम मसला एवं विरुद्ध आहारको सेवन गर्नु हुँदैन। प्राकृतिक अघारणीय वेगहरू जस्तै दिसा–पिसाब धेरै बेर रोक्नुहुँदैन।

यस्ता विरामी आत्तिने हुनाले डरलाग्ने वस्तु हेर्नु हुँदैन। जस्तो टेलिभीजनमा डरलाग्दा दृष्य, रगत दुर्घटना आदि।

– मानसिक रोग बिशेषज्ञ डा आशिष दत्तसँग सेतोपाटीले गरेको कुराकानीमा आधारित