• बैशाख ९ २०८२, मंगलवार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पच्चिस लाख खर्च हुने

पुष २१ २०८१, आईतवार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी पुरा भएको छ ।

स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा आजदेखि सुरु हुने बैठकको तयारी पुरा भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठक आजदेखि सुरु भएर पुस २४ गते सम्पन्न हुने उपाध्यायले बताए । उनका अनुसार अहिले हल व्यवस्थापनको काम, नेताहरूको सिट प्यलानिङ भइरहेको उपाध्यायले बताए ।

बैठक सञ्चालनको मोडालिटी र एजेन्डाबारे अहिले स्थायी समिति बैठकमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार ब्याङ्क्वेटको दैनिक हल भाडा एक लाख रहेको छ । खाजा, पानी, स्टेसनरी पार्टीले व्यहोर्नेछ भने अन्य केन्द्रीय सदस्यहरू आफैले व्यहोर्नुपर्ने छ ।

चार दिनसम्म लगभग लगभग कुल २२/२५ लाख खर्च हुने अनुमान गरिएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

साथै आगामी समाजवादी कार्यदिशा, कार्ययोजना, साङ्गठनिक स्वरूप, कार्यविभाजन लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने नेताहरूले बताएका छन् ।