• पुष २२ २०८१, सोमबार

बाइडेनले अमेरिकालाई हाँसोको पात्र बनाएको ट्रंपको गम्भीर आरोप

पुष १९ २०८१, शुक्रबार

काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका दुनियाँको अगाडि हाँसोको पात्र बनेको टिप्पणी गरेका छन्।

उनले यसको दोष सीमा नीति र कमजोर नेतृत्वलाई दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टमा राष्ट्रपति जो बाइडेनलाई ‘अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति’ भनेका छन् ।

बाइडेनको खुला सीमा नीति बारे मैले आफ्ना चुनावी र्‍याली र अन्य ठाउँमा धेरैपटक भनेको छु कि यसले अमेरिकामा उग्रपन्थी इस्लामिक आतंकवाद र हिंस्रक अपराधलाई वृद्धि गर्नेछ। यो समय अब आइसकेको छ, जुन कल्पनाभन्दा पनि खराब छ,’ उनले लेखेका छन् ।