प्लास्टिक पानीमा फाल्ने जमिनमा यत्र तत्र फैलिने भएकाले जीवजन्तु ह्वेल, कछुवा आदिदेखि पृथ्वीमा रहेका घरपालुवा एवं जङ्गली जनावर, पशुपक्षीले प्लास्टिक टुक्रा खाएर गम्भीर समस्या उत्पन्न हुने वा मृत्यु हुने गरेकाले जीवहरुको खाद्य चक्रमा समस्या देखिन थालेको छ । कतिपय जनावर त लोप हुने अवस्थामा पुगेको पाइन्छ ।
जमिन रहेको प्लास्टिक सयौँ वर्षसम्म नकुहिने हुँदा जमिनको उर्वरा शक्ति घट्ने, बोटविरुवाको जरा माटोमा पौस्टिक तत्व जान नसक्दा उत्पादन घट्छ । पानीमा प्लास्टिक बग्दै जाँदा पानी दूषित हुने पानीमा रहेको जनावरले खाने हावामा रहेका मसिना टुक्रा उड्ने ठाउँबाट अर्को ठाउँमा पुग्नाले नराम्रो देखिने यसको असरले श्वासप्रश्वासमा समस्या उत्पन्न हुने केटाकेटी तथा बुढाबुढी निस्सासिने पूरा अक्सिजन लिन नसक्ने अवस्था पैदा हुन्छ ।
हामीले प्रयोग गर्ने प्लास्टिकका झोला ४० माइक्रोनभन्दा कम भएका पातलो भएमा समस्या उत्पन्न गराउँछ । हावा दुषित गराउने अर्को कारण हो प्लास्टिक बाल्नु । सहर, बजार, गाउँघर वा कतिपय डम्पिङ साइडमा पनि फोहोरमैलासँग मिसाएर प्लास्टिक बालेको देखिन्छ । प्लास्टिक बाल्दा डाइअक्सिजन नामक विषालु रासायनिक ग्याँस निस्कन्छ । जुन हाम्रो शरीरमा प्रवेश गरेमा हाम्रो शरीरमा रहेको प्रणालीमा असर गरी हार्मोन उत्पादनमा असर गर्छ । साथै शरीरको रोग प्रतिरोध क्षमता घट्ने, प्रजनन प्रणालीमा नकारात्मक असर पर्ने, शरीरको विभिन्न भागमा क्यान्सर हुने सम्भावना भनिन्छ । बलेको प्लास्टिकले धुवाँ आइरहेको प्लास्टिकबाट स्वास्थ्यमा बढी नराम्रो असर पुग्छ ।
प्लास्टिकका कारण जनावर चराचुरुङ्गी बोट बिरुवामा असर पर्ने भएकाले पर्यावरण प्रणालीमा समस्या उत्पन्न हुँदै गएको पर्यावरणविद्को आँकलन छ । समग्रमा प्लास्टिक प्रदूषणले पृथ्वी, वायु, आकाश, पानी, मानव स्वास्थ्य, पशुपक्षी, बोट बिरुवा सबैमा नकारात्मक असर पुर्याएको पाइन्छ ।