१७ पुस, देउखुरी । माघी पर्व नजिकिएसँगै यहाँका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलन अनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारू समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।
यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बतायन् । उनका अनुसार अहिले थारू बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ । ‘माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो ।
पातको दुनाटपरी गास्ने काम गरिरहेका छौं। ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउनेरपिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ’, विपनाले भनिन्, ‘ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ।’ पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उनले जानकारी दिइन् ।