• पुष २० २०८१, शनिबार

ओलीप्रति रावलको झटारो, तपाईंको बद्मासीमा हामीले सही थापिरहनु पर्ने हो ?

पुष १७ २०८१, बुधबार

१७ पुस । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफै छक्क परेको बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको जिकिर गरे ।

‘६ कात्तिकमा स्पष्टीकरण हात पर्यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।

उनले अघि प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’
उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए ।
‘यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो,’ रावलले भने ।