• पुष २० २०८१, शनिबार

आँखा सुख्खा हुनुका कारण, उपचार

पुष १७ २०८१, बुधबार

आँखा सुख्खा हुनुका कारण यस्ता छन् ः
— वातावरणीय समस्याः प्रदूषण तथा तापक्रम वृद्धि।

— परेलीमा चाया पर्ने समस्या,

— गाजल तथा सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग,

— भिटामिन ‘ए’ को कमी,

— बाथको रोग, मधुमेह, थाइराइड सम्बन्धी समस्या आदि,

— महिनावारी बन्द हुँदा, पाठेघरको शल्यक्रिया,

— लामो समयसम्म आँखामा विभिन्न औषधिको प्रयोग,

— कतिपय मानसिक रोग तथा मुटुको रोगका औषधिको प्रयोग, आदि।

उपचार

सुख्खा आँखाको समस्याबाट पीडित बिरामीले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले आँखा धुनु उपयुक्त हुन्छ। मोटरसाइकलमा हिँड्ने मानिसले भाइजर लगाउनुपर्छ। साथै, परेली तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्या तथा अन्य रोगको उपचार पनि महत्वपूर्ण हुन्छ।

मुख्यतया सुख्खा आँखाको उपचारका लागि कृतिम आँसु प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन। साथै, आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनुपर्छ। घाममा निस्किँदा कालो चस्मा लगाउनुपर्छ। कतिपय अवस्थामा औषधिको साटो सामान्य शल्यक्रिया आवश्यक हुन सक्छ। यसको लामो समयसम्म उपचार गराउनुपर्ने हुनाले चिकित्सकको निगरानीमा रहनुपर्छ।