• पुष २० २०८१, शनिबार

जनता उकुसमुकुसमा छन, कांग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा

पुष १६ २०८१, मंगलवार

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । ‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ ।

पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’साथै, उनले ती समस्याहरूको समाधानको प्रयास गर्दागर्दै हुने सामुहिकताको भावना नै राष्ट्रियता भएको जिकिर गरे । ‘माटो छ, भूगोल छ, मेची महाकालीको नक्सा छ । त्यो नक्साभित्र हामी बसेका छौं । कुनैबेला समस्या के थियो, हिंसा थियो । कुनैबेला हाम्रो अधिकार थियो,’ थापाले भने, ‘‘आजकहिँ न कहिँ छटपटी देखिन्छ । हामीबाट पार्टीभित्र सघन छलफल गरेर अघि बढ्नुपर्छ ।’