सियोल । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।
दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ ।
यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो । पुगेको छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले बताएको छ ।
[속보] 무안공항 추락사고 “조류 충돌로 인한 랜딩기어 불발 추정” pic.twitter.com/Fd3O9MWym0
— Tsla Chan (@Tslachan) December 29, 2024