• पुष १३ २०८१, शनिबार

नेपाल भारत सीमा सुरक्षा बैठक बर्दिबासमा बस्दै

पुष १२ २०८१, शुक्रबार

सिराहा । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज बर्दिबासमा बस्ने भएको छ । नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको हो ।

बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको बैठक हुने डिआइजी कालीदास धौवजीले जानकारी दिए । उनले ६र ६ महिनामा नियमित काउन्टर पास बैठक बस्न लागेको बताए । दुवै तिर आलो पालो बस्ने सहमति अनुसार यो पटक बर्दिबासमा बस्न लागेको जनाए ।

सीमा आर–पार हुने विभिन्न आपराधिक घटनाहरूमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । खुल्ला सिमानाका कारण अवैध रूपमा हुने तस्करी नियन्त्रणको विषयमा छलफल हुने जनाएको छ । पछिल्ला दिनहरूमा तस्करी नियन्त्रणको क्रममा गस्तीमा रहेका नेपाली तथा भारतीय सुरक्षा कर्मीहरूको हत्या गर्ने क्रम बढेको छ । गत मङ्सिर १६ गते सिराहाको बडियारपट्टी गाउँ पालिका १ कचनारी छोट्की टोलमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादवको हत्या भएको थियो ।

त्यसैगरी, २०७९ भदौ १३ गते राति मदिरा तस्कर समूहले नेपाल बाट भारततर्फ मदिरा तस्करी गरेको अवस्थामा स्कोरपीयो रोक्न खोज्दा भारतको मधिुवनी लदनीया चौकी अन्तर्गत हेड कन्ष्टेवल देवराज शर्माको मृत्यु भएको थियो । यस्ता घटनाले सीमा सुरक्षामा चुनौती थपिएकाले मदिरा तस्करीका विषयमा संवेदनशील रूपमा छलफल हुने बताइएको छ ।