• बैशाख १० २०८२, बुधबार

रास्वपाको सचिवालय बैठक बस्दै,आगामी तयारीबारे छलफल हुने

पुष १२ २०८१, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।

पार्टीका सभापति नै निलम्बनमा परेपछि अब बैठकमा केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ ।