११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्रि जनाएका छन् । सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको थियो । त्यसप्रति आपत्रि जनाउँदै विप्लवले प्रश्न गरेका छन् , ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्यायो ? महिलालाई बन्दुक कसले बोकायो ?
कमाण्डर कसले बनायो ? नेतृ कसले बनायो ? कसरी लेख्न सकेको ? न्यायालयले के लेख्न खोजेको हो ?’ उनले ओलीलाई प्रश्न गर्दै देशको व्यवस्था परिवर्तनमा जनयुद्धले गरेको भूमिकाको चर्चा गरे । ‘अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । संसद्देखि न्यायालयसम्म, ब्युरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त ? ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ?,’
उनले भनेका छन् , ‘उसो भए, प्रकाश सपुतले लेखेको गीतको याद आउँछ, फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो ? रातो स्कुटर कसले किन्दियो ? हैन ? केपीजीलाई सोध्नुपर्ने भएको छ, तपाईंलाई ताज कसले बनाइदियो ? कुर्सी कसले पहिराइदियो ? तपाईंलाई राज कसले बनाइदियो ? तपाईं बसेको ठाउँ कसले बनायो ?’