• पुष १२ २०८१, शुक्रबार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवतीसहित दुई जना पक्राउ

पुष ११ २०८१, बिहीबार

रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानकारीपश्चात इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी आरोपमा सैनामैना नगरपालिका(३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियार रहेको आरोपमा सोही स्थानकी २१ वर्षीया कविता चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । रन्यौरा प्रहरीले उनीहरूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको छ । जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।