टोकियो । जापान एयरलाइन्समाथि साइबर आक्रमण भएको छ । बिहीबार भएको यस आक्रमणका कारण कम्पनीको केही घरेलु र अन्तर्राष्ट्रिय उडानमा ढिलाइ भएका थिए । आक्रमण बिहान ७ः२४ देखि सुरु भएको थियो । कम्पनीको आन्तरिक र बाह्य प्रणाली यसको चपेटामा आएका थिए ।
प्रणालीमा समस्या गराउने राउटर आंशिक रूपमा बन्द गरेको अनि बिहीबार छुट्ने उडानको लागि टिकटको विक्री पनि रोकेको कम्पनीले बताएको छ । जापानका अन्य प्रमुख विमान सेवा प्रदायक एएनए होल्डिङ्सको प्रणालीमा भने आक्रमणको सङ्केत नदेखिएको कम्पनीका प्रवक्ताले भनेका थिए ।