• पुष ८ २०८१, सोमबार

लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा

पुष ८ २०८१, सोमबार

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धिकरणको  कसुरमा समेत अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो छ । यही विषयमा सभामुख देवराज घिमिरे अहिले आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफलमा रहेका छन् । छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ ।

सङ्घीय संसद् सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार केही बेरमै सभामुखबाट जानकारी आउने छ । लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धिकरणमा  पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ नै पठाइसकेको छ ।