• पुष ८ २०८१, सोमबार

सातै प्रदेशका कृषि मन्त्री सिंहदरबारमा

पुष ७ २०८१, आईतवार

७ पुस, काठमाडौं । सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठक सिंहदरबारमा बसेको छ । प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विषयगत समितिको बैठक बसेको हो । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना बनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए । ‘बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तहमार्फत् कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको छ । यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनुर्छ,’ मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको बताए ।

उनले विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे । बैठकमा सातै प्रदेशका कृषि सँग सम्वन्धित सचिवहरुले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुती गरेका थिए । प्रदेशमन्त्रीहरुले आ–आफनो धारणा व्यक्त गरेका थिए । बैठकमा यस अघि वसेको नवौ बैठकले गरेका निर्णय कार्यन्वयनको समिक्षा भएको थियो । बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष, गाँउपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिव, सह–सचिव, प्रदेश कृषि सचिवहरूसँगै आयोजना प्रमुख, महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।