• पुष ७ २०८१, आईतवार

प्रम ओलीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख ५८ हजार

पुष ७ २०८१, आईतवार

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ७९औं महासभामा भाग लिन अमेरिका गएको थियो ।

अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।