• पुष ७ २०८१, आईतवार

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पाए एनपीएलमा कार पुरस्कार

पुष ६ २०८१, शनिबार

काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे ।
उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे ।टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् । क्वालिफायर वान मा सुदूरले जनकपुरलाई हराएपछि प्लेअर अफ दि म्याच बनेका सुदूरका खेलाडी विनोद भण्डारीले पनि दीपेन्द्र नै अहिले बेस्ट प्लेअर भएको बताएका थिए । दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए ।
उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए । त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे ।

चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् । पोखरा विरुद्ध २०, कणर्ाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो ।

दीपेन्द्रले बलिङमा ९ खेलमा कुल ९ विकेट नै लिए । फाइनलमा भने दीपेन्द्र चल्न सकेनन् । उनले ब्याटिङमा ९ रनमा आउट हा बलिङमा १ विकेट मात्र लिएका थिए । त्यस्तै प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बने उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उदीयमान खेलाडी कणर्ाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए ।

उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।