• फाल्गुन २४ २०८२, आईतवार

एमपक्स रोग कसरी सर्छ ?

पुष ६ २०८१, शनिबार

अहिले फैलिइरहेको एमपक्स नयाँ भेरिअन्टको भएका कारण यसअघिका भन्दा थप चिन्ताजनक देखिएको छ। विज्ञहरूले आफूहरूले अहिलेसम्म देखेको मध्येकै यो सबैभन्दा खतरनाक अवस्था भएको बताएका छन्।

मङ्कीपक्स भाइरसको सङ्क्रमणका कारण एमपक्स हुने पर्छ। यो मानिसहरूलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो। तर यो कम घातक भएको बताइन्छ।

यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ।

सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट सर्छ :
१) घाउ खटिरा-बिमिराको सम्पर्कबाट
२) शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, ऱ्यालको सम्पर्कबाट
३) भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट
४) सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।
निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः
• काटिएको, बिमिरा वा फुटेको छाला
• आँखा, नाक वा मुख
• श्वासनली