५ पुस, काठमाडौँ । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बंगलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो ।
जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्याे । बंगलादेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन्। साथै सुमैया अख्तरले १० रन जोडिन्। नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक÷एक विकेट लिए ।