• फाल्गुन २९ २०८१, बिहीबार

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

पुष ३ २०८१, बुधबार

काठमाडौं, पुस ३ । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला दुई सय रूपैयाँ बढेको भाउ प्रतितोला सात सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।