• माघ १७ २०८१, बिहीबार

युरिक एसिडलाई कम गर्ने उपाय

पुष ३ २०८१, बुधबार

युरिक एसिडलाई कम गर्ने उपाय यस्ता छन् ः

-( शरीरको आवश्यकताभन्दा बढी र दिनमा २(३ पटकभन्दा बढी नखाने। तर आफ्नो शरीर र परिश्रमअनुसार यसलाई थपघट गर्न सकिन्छ। एक खाना र अर्को खानाको अन्तर कम्तिमा ४ देखि ५ घण्टाको गर्ने। दैनिक खानामा प्रशस्त हरिया सागसब्जी र फल सलादको मात्रा बढाउने। ताजा तरकारीको सुप खाने। पानी नियम अनुसार पिउने।

– खानेबित्तिकै भारी परिश्रम नगर्ने। खाएपछि ५(१० मिनेट बज्रासनमा बस्ने। घँडा दुखेमा सुखासनमा बस्न सकिन्छ।

– खानेबित्तिकै ननुहाउने र नुहाउनेबित्तिकै नखाने। यी काममा करिब एक घण्टा फरक पार्ने।

– दिउँसो नसुत्ने। बेलुकी ठीक समयमा सुत्ने र बिहान सूर्य उदाउनुअगाडि उठ्ने। दुखेको भागबाट नसुत्ने।

– दैनिक करिब ४५ देखि १ घण्टा शरीरका सबै जोर्नी सञ्चालन हुने व्यायाम गर्ने। दैनिक १(२ घण्टा घाममा बस्ने।

– काम र आरामको सन्तुलन राख्ने। चर्को तनाव, रिस, लोभ, मोह आदि जस्ता अनुचित विचारबाट बच्ने।