काठमाडौं । नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन तथा नवौं साधारण सभा कास्कीको पोखरामा सम्पन्न भएको छ । मंसिर २९ र ३० गते सम्पन्न भएको सो साधारण सभामा देशभरबाट पुन समाजका प्रतिनिधि सहभागी थिए ।
यो २०७२ सालमा स्थापना भएको संगठन हो । साधारण सभाले खमबहादुर गर्बुजा पुनमगरको अध्यक्षतामा ३० जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष खमबहादुर गर्बुजा पुनमगरले एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका छन् । संगठनको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुनमगर चुनिएका छन् भने अर्का उपाध्यक्षमा नरबहादुर फगामी पुनमगर, महिला उपाध्यक्षमा रामकुमारी पुनमगर, महासचिवमा प्रतिमाया पुनमगर (बजाली), सचिवमा हेमकुमारी गर्बुजा पुनमगर र कोषाध्यक्षमा दलबहादुर पुनमगर चुनिएका छन् ।
त्यस्तै समितिका सदस्यहरुमा देउबहादुर चोवादी पुनमगर, कृष्ण गर्बुजा पुनमगर, आशिष पुनमगर, देव चोचाङ्गी पुनमगर, कुमार ब. पुनमगर, जगबहादुर पुनमगर, दिपक पुनमगर, टेकबहादुर पुनमगर, गोविन्द पुनमगर, देवबहादुर पुनमगर, खगेन्द्रमान पुनमगर, यामकुमार पुनमगर, माया पुनमगर, बलबहादुर पुनमगर, भिमबहादुर खोरमा पुनमगर, कल्पना पुर्जा पुनमगर, यामकुमारी खोरजा पुनमगर, तुलबहादुर पुर्जा पुनमगर, डिलदेवी पुर्जा पुनमगर, निरज पुनमगर, देव गर्बुजा पुनमगर र कुम पुनमगर रहेका छन् ।
अधिवेशन ‘मगर खाम मातृभाषा, संस्कार, संस्कृति र भेषभूषा हाम्रो जातीय पहिचान, सम्पूर्ण मगर एकता’ भन्ने मूल नाराका साथ संफलता पूर्वक सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय महाधिवेशनले पुन समाजको विगत १ बर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्यक्रमहरु प्रस्तुत गर्दै विभिन्न विषयमा गहन छलफल र समिक्षा पनि गरेको छ ।
अधिवेशन पछि समाजले जारी गरेको केन्द्रिय समितिको घोषणा पत्रमा मगर खाम मातृभाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषा संरक्षण एवम् प्रवर्धन गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।
त्यस्तै घोषणापत्रमा संविधानमा व्यवस्था भए अनुसार मगर खाम मातृभाषालाई मगर खाम भाषी बाहुल्यता रहेको स्थानीय तह र क्षेत्रहरुमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्न पहल गर्ने, पुन मगरहरुलाई आर्थिक समृद्धि, स्वास्थ्य तथा शैक्षिक गुणस्तर उत्थान एवम् सामाजिक सशक्तिकरण प्रक्रियामा जागरण ल्याउने, नेपाल पुनमगर समाजको अभियानमा ऐक्यवद्धता जाहेर गर्नुहुने नेपाल मगर संघ, नेपाल आदिवासी जनजाति महासंघ, अन्तराष्ट्रिय मगर महासंघ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति आयोग र आदिवासी जनजाति पत्रकार महासंघप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।
साथै घोषणापत्रमा कुनै पनि पार्टी भन्दा जाति ठुलो हो भन्ने धेयलाई आत्मसात् गर्दै पुनमगर समाजलाई विशुद्ध जातीय उत्थानको रुपमा अगाडी बढाउन प्रतिवद्धता जाहेर गरिनुका साथै व्यक्तिगत रुपमा पुनमगरहरु कुनै पनि राजनीतिक पार्टीमा सहभागी हुन पाउने कुरामा चाहिँ समाजले कुनै रोक नलगाउने बताइएको छ ।
तस्वीरहरू : राज मगर