• पुष १ २०८१, सोमबार

प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने

पुष १ २०८१, सोमबार

१ पुस, काठमाडौं । नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ । संसदमा पेश गर्न लागिएको प्रहरी विद्येयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापनाबारे उल्लेख गरिएको छ । नेपाल सरकार वादी हुने मुद्दासँग सम्बन्धित फौजदारी अपराध र सो सम्बन्धमा भएका फैसलाको अभिलेख राख्न केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न लागिएको बताइएको छ । अपराध अनुसन्धान र अभियोजन गर्ने संघ र प्रदेश तहका सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि एकप्रति अभिलेखालयमा पठाउनु पर्ने हुन्छ ।

अभिलेखालयले अपराधको प्रकृति र प्रवृत्रि सम्बन्धमा आवश्यकता अनुसार विज्ञ समेत संलग्न गराई अध्ययन अनुसन्धान गर्न सक्नेसम्म विद्येयकमा उल्लेख गरिएको छ । यसको आधारमा गृह मन्त्रालयलाई वार्षिक रुपमा नीतिगत पृष्ठपोषण दिनु पर्नेछ । अभिलेखालयमा रहेको अभिलेख विवरणमा तोकिए बमोजिमको अधिकारीको मात्र पहुँच हुने उल्लेख गरिएको छ । अभिलेखालयमा रहेको अपराधको अभिलेखको आधारमा नागरिकलाई तोकिए बमोजिम चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछ विद्येयकमा उल्लेख गरिएको छ ।

संसद खुल्नासाथ उक्त विद्येयक संसदमा पठाइनेछ । संसदबाट पारित भएपछि ऐनको रुपमा मान्यता पाएर कार्यान्वयर्नमा जानेछ । अहिलेसम्म नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय छैन ।