• पुष १ २०८१, सोमबार

नाक बन्द हुदा के गर्ने?

पुष १ २०८१, सोमबार

नाक बन्द हुदा यस्तो गर्नेुहोस् ः

-चिसोले यदि नाक बन्द भयो भने पानीलाई उमालेर वाफ लिनुस् । यो प्रभावकारी तरिका हो । यसले तुरुन्तै आराम हुन्छ । पानीमा आयोडिनका केही थोपा वा भिक्सको क्याप्सुल पनि राख्न सकिन्छ । यसबाट झन् बढी फाइदा मिल्छ । तपाईं चाहनुहुन्छ भने यसमा आफूलाई मन पर्ने वास्नादार तेल पनि हाल्न सक्नुहुन्छ । वाफ लिँदा सफा कपडाले आफूलाई गम्लङ्ग छोप्नुपर्छ ।

-पानीलाई मनतातो हुने गरी तताएर यसको केही थोपा नाकमा हाल्नाले चाँडै आराम मिल्छ । मनतातो पानीको केही थोपा ड्रपरमा लिनुस र टाउकोलाई पछाडि ढल्काएर दुई-तीन थोपा नाकमा हाल्नुस् । त्यसपछि टाउको सिधा गरेर पानीलाई बाहिर निकाल्नुस् ।

-नरिवलको तेललाई औंलामा लगाएर नाकमा भित्रसम्म लगाउनुस् र लामो सास लिनुस् । केहीबेरमै तपाईंको नाक खुल्नेछ । ड्रपरको मद्दतले पनि तपाईं नरिवलको तेलको केही थोपा नाकमा हाल्न सक्नुहुन्छ ।

-तातो-तातो टमाटर सुप बनाएर पिउँदा पनि बन्द नाकलाई राहत मिल्छ । टमाटरको सुपमा लसुन, कागतीको रस र नुन मिलाउनुस् । यसका अलावा काँचो प्याज खानाले पनि बन्द नाक खुल्न सक्छ ।