• मंसिर २९ २०८१, शनिबार

६ प्रदेशको मतगणना सकिँदा निर्मला शर्माको अग्रता कायमै, रमेश विष्टले कति मत पाए ?

मंसिर २९ २०८१, शनिबार

मंसिर २९, काठमाडौं । नेपाल पत्रकार महासंघको शुक्रबार भएको चुनावको मतगणना जारी छ । महासंघको अध्यक्षका लागि प्रेस युनियन र प्रेस चौतारीबीच गठ बन्धन भएको छ । यस्तै महासंघका निर्वमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट प्रेस सेन्टरलगायतको समर्थनमा अध्यक्षका उम्मेदवार बनेका छन् ।

गठबन्धनकी उम्मेदवार निर्मला शर्माले लगातार अग्रता बनाइरहेकी छिन् । मतणनास्थलबाट उपलब्ध पछिल्लो परिणामअनुसार शर्माले ३०९२ मतका साथ अग्रता लिइरहेकी छिन् । रमेश विष्टले २२७४ मत पाएका छन् । उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमति र प्रतिष्ठान गरी ६ प्रदेशको गणना सकिएको छ ।

कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको मतगणना जारी छ । यी तिनै प्रदेशमा पनि निर्मला शर्मा समूहको अग्रता रहेको छ । जिल्लाहरूमा भने मिश्रित नतिजा आएको छ ।