• मंसिर २९ २०८१, शनिबार

कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

मंसिर २९ २०८१, शनिबार

२९ मंसिर, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा–८ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् ।
शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् ।घाइते भएकी उनलाई प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्याएको छ ।