न्युयोर्क — टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्रि४ सय अर्ब अमेरिकी डलर नाघेको छ । योसँगै मस्कले नयाँ कीर्तिमान बनाएको ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको छ । इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ । सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो । यसले कम्पनीको कुल मूल्य लगभग ३५० अर्ब डलर र्पुयाएको छ ।
ब्लूमबर्गका अनुसार यो लेनदेनले मस्कको व्यक्तिगत सम्पत्र् िकरिब ५० अर्ब डलरले वृद्धि भइ ४ सय ४० अर्ब डलरसम्म र्पुयाएको छ । इलन मस्कको सम्पत्र् िमुख्यतः टेस्ला कम्पनीको शेयर मूल्यमा र स्पेसएक्सको बजार मूल्यांकनमा निर्भर छ । अमेरिकामा गत महिना भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएसँगै टेस्ला र स्पेसएक्सको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो । चुनावी नतिजापछि टेस्लाको शेयर मूल्य करिब ६५ प्रतिशतले बढेको थियो ।
मस्क ट्रम्पका प्रमुख राजनीतिक दाता र समर्थक छन् । मस्कले रिपब्लिकनको अभियानमा झन्डै २ सय ७० मिलियन डलर लगानी गरेका थिए । ट्रम्पको विजयपछि मस्कले आफूलाई निरन्तर उनको निकट सहयोगीको रुपमा प्रस्तुत गरेका छन् । यहाँसम्म कि उनले आफ्नो स्पेसएक्स कम्पनीबाट टेक्सासमा गरिएको रकेट प्रक्षेपण हेर्न ट्रम्पलाई निम्तो दिएका थिए । ट्रम्पले मस्कलाई सरकारी खर्च कटौतीको जिम्मेवारीसहित सरकारी दक्षता विभागको जिम्मेवारी दिने घोषणा गरिसकेका छन् ।
मस्कका व्यवसायहरू अमेरिकी र अन्तर्राष्ट्रिय सरकारहरूसँग विभिन्न तहमा सम्बन्धित छन् । ट्रम्पसँगको निकटताले मस्कले आफ्ना व्यक्तिगत स्वार्थका लागि लाभ उठाउने प्रक्षेपण गरिएको छ ।