काठमाडौं । नेकपा (माओवादी केन्द्र) को रोल्पा-काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनको सो पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनले उद्घाटन गरे ।
सम्मेलनले तिलबहादुर घर्तीमगरको अध्यक्ष्यतामा ३९ सदस्यीय कार्यसमिति समिति चयन गरेको छ । समितिको पदाधिकारी र सदस्यहरुको चयन भने समन्वय समितिको शनिबार बस्ने पहिलो बैठकले गर्नेछ ।
रुद्र पुनमगरले सम्मेलनमा उपस्थित सबैलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए भने कार्यक्रमको सभापतित्व भीमप्रकाश बाँठामगर ‘चिरण’ले गरेका थिए ।
कार्यक्रममा जनकलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा माओवादी नेताहरु झक्कु सुवेदी, ओनसरी घर्ती, शुकबहादुर घर्ती, यसोदा सुवेदी र प्रगती महरा लगायत सहभागी थिए ।
कार्यक्रममा माओवादी पार्टीप्रति आस्था राख्ने जनता तथा रोल्पाबाट काठमाडौं आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्नहरुको सहभागीता रहेका थियो ।